काठमाडौं । प्रतिनिधिसभाबाट सहजै अध्यादेश पारित हुने भएपनि राष्ट्रियसभामा उपेन्द्र नेतृत्वको जनता समाज पाटी (जसपा) नेपाल निर्णायक देखिएको छ । सरकारले आज बस्ने संसदको दुवै सदनमा निर्णयार्थ ६ अध्यादेश पेश गर्दैछ ।

यसै मौकामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग बार्गेनिङ गरेका छन् । जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा मात्र अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव यादवले राखेका छन् ।
नेपाली कांग्रेसका एक नेताका अनुसार उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको छ ।
ती नेताले सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर त्यो विषय टुंगिने छ । जसपालाई मधेशको मुख्यमन्त्री दिए अध्यादेश पारित हुने उनको भनाइ छ । अहिलेसम्म भएको छलफल सकरात्म रहेको उनले बताए । बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ ।














