Logo
Logo

चितवनमा पनि रविलाई धरौटीमा छाड्न आदेश


2k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश भएको छ।

साहारा सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

“…तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकाले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रबि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,०००।- (चौवन्न लाख रुपैयाँ) धरौट वा जमानत वा बैड्क जमानत लिनू,” आदेशमा भनिएको छ ।

यसअघि, लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।

लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्