Logo
Logo

टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


882
Shares

काठमाडौं । नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि मुद्दा दायर गरेको हो ।

पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको अख्तियारले आरोप लगाएको छ । पौडेलमाथि एफ-५ कम्पनीका प्रतिनिधि दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्