Logo
Logo

कर्णालीमा फैलँदै कोराना, १,४३३ जना संक्रमित, ६ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १३ असार । कर्णालीमा कोभिड–१९ को संक्रमित बढ्दै गएको छ । कर्णाली प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या एक हजार ४३३ पुगेको छ । शुक्रबार थप २६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित संख्या एक हजार ४३३ पुगेको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा काठमाडौँ टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपालिकाका एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । यतिबेलाको पिसिआर परीक्षणमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी देखिएकाले कोरोना सङ्क्रमण समुदायमा फैलिएको बताइएको छ ।
कोरोना संक्रमण जितेर घर फर्कनको संख्या हालसम्म ७२० पुगेको महाशाखाले जनाएको छ । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्