काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पीडा परिवर्तन जन्मिने बेलाको पिडा भएको बताएका छन् ।

चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेपछि बोल्दै लामिछानेले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए ।
सभापति लामिछानेलेले परिवर्तन जन्मिएरै छोड्ने बताए । ‘चितवनले परिवर्तनका लागि उद्घोष गरिसकेको हो । अघिल्लो पटक निर्वाचनमा नै यो व्यक्ति चुनेको होइन देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देश व्यापी हुन्छ’, उनले भने ।
त्यस्तै, उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए ।