
काठमाडौं । कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति लालु गाउँबाट मकै र भटमास लिएर सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भिरबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रक धनी नरहरीनाथ ५ रुप्साका ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकले भने फाल हानेर ज्यान जोगएका छन् । ओरालो सडकमा आफैँ अनियन्त्रित भएर ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकाटेका प्रमुख डीएसपी टेक बहादुर रावतले जानकरी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका देउवालाई उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।














