
काठमाडौं । झापाबाट काठमाडौं आइरहेको निजी ईभी गाडी सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान पौने ४ बजे गोलञ्जोर गाउँपालिकामा गाडी आफैं अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा ४ पुरुष र २ महिला रहेको बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए । घाइतेमध्ये २ जना गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














