Logo
Logo

काठमाडौंका यी स्थानमा ४ दिनसम्म दैनिक पाँच घण्टा बिजुली जाने


441
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अबका चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै सोमबारसम्म दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो । जसमा आज बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्