कैलाली । कैलालीको गोदावरीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए । दुवैजना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएको उनले बताए ।
मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














