Logo
Logo

रवि लामिछानेको निलम्बन फुकुवा गर्न रास्वपाको माग


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले निलम्बनमा परेका सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाको कार्यबाहक सभापति समेत रहेका उनले लामिछानेको सांसद पद फुकुवा गर्न सभामुख देवराज घिमिरेलाई माग गरेका हुन् । ‘थुनामा नरहेको अवस्थामा सासद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दछु,’ उनले भने ।

साथै उनले सरकारले मात्रै नभई संसद्ले पनि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाए । ‘रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ,’ उनले भने, ‘एउटा व्यक्ति जो चौँथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुठा मुद्दा लगाएर फकाउने सरकारको रवैयालाई जनताले बुझिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्