काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

केही दिनयता गुठी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनरत छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ ।
पूर्वमन्त्रीसमेत रहेकी रेखाले गुठी जग्गाबाट निस्कासित भएकाहरूले पुनस्थापितको माग राख्दै आएको बताइन् । किसानले रैथानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गरियोस् भन्ने पीडितको माग रहेको उनले सुनाइन् ।
माइतीघरमा एक सातादेखि माइतीघरमा धर्नामा रहेको तर, सरकारले उनीहरूसँग कुरा समेत नगरेको भनेर ध्यानाकर्षण गरिन् ।














