काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एसका सांसद प्रकाश ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
सांसद ज्वालाले गृहमन्त्री लेखक र आईजीपी कुँवरमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे । उनले भने, ‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु ।’