Logo
Logo

समयमा नै संसद् नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिँड्न खोज्यो : चित्रबहादुर केसी


819
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका छन् ।  

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले समयमा नै संसद् नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका हुन् । 

उनले सदन खोलेपछि पनि सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउन नसकेको उल्लेख गरे । अर्थतन्त्र उकास्नका लागि अध्यादेश ल्याएको भने पनि राजनीतिक दलको चरित्रले मुलुकको अर्थतन्त्र सुध्रन सक्ने अवस्थामा नरहेको उनले बताए । 

उनले सत्ता र शक्तिमा बस्नेहरू भ्रष्टाचारको मतियार भएको आरोप लगाए । अध्यक्ष केसीले देश र जनताका लागि नभई मुठीभर व्यक्तिको रक्षाका लागि अध्यादेश ल्याएको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्