Logo
Logo

कांग्रेस-एमाले मिलेर सरकारले मुलुकको समस्या समाधान गर्छ : विद्यादेवी भण्डारी


819
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान स्थिर सरकारले मुलुकको विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।  

शुक्रबार काठमाडौंमा श्री अरुणोदय माध्यमिक विद्यालय, भोजपुरको स्मारिका लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले ६–६ महिनामा सरकार परिवर्तन हुने परिस्थितिको अन्त्य भई अहिले स्थिर सरकार बनेको भन्दै ठुला दल मिलेर बनेको सरकारले मुलुकको विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

मुलुकको आर्थिक लगायतका समस्या समाधानका लागि बनेको सरकारले पनि केही गर्न सकेन भने के गर्ने भन्दै चासो जनतामा रहेको उनले बताए । भण्डारीले शिक्षाको क्षेत्रलाई सुधार गर्दै अध्यापनका लागि बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने धारणा राखे ।

राष्ट्र निर्माणमा शिक्षा क्षेत्र मूल खम्बा भएकाले यस क्षेत्रलाई समयानुकूल बनाउँदै लैजानुपर्ने उनले बताए । उनले युवा जनशक्तिहरूलाई स्वदेशमा नै रोक्न र उत्पादनमा जोड्न सक्नुपर्ने जिकिर गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्