काठमाडौँ । जिल्ला अदालत खोटाङले कृषि विज्ञ मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकेको छ । शुक्रबार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई साढे २ वर्ष जेल सजाय तोकेको हो ।

अदालतले उनलाई माघ १० गते बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । राईलाई उनी आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो ।














