Logo
Logo

अमेरिकामा मस्कलाई अर्थ मन्त्रालयको तथ्याङ्क नदिन निर्देशन


3.3k
Shares

एजेन्सी । अमेरिकाको एक अदालतले अर्बपति इलन मस्कले ट्रेजरी डिपार्टमेन्ट रेकर्डहरूमा पहुँच हासिल गर्ने प्रयासलाई रोक लगाएको छ ।

शनिबार बिहान म्यानहटनका जिल्ला न्यायाधीश पल ए एङ्गेलमेयरले आकस्मिक आदेश जारी गर्दै मस्कको सरकारी सुधार टोलीलाई ट्रेजरी डिपार्टमेन्ट (अर्थमन्त्रालय)मा भण्डारण गरिएका लाखौं अमेरिकीको व्यक्तिगत र वित्तीय तथ्याङ्कमा पहुँच नदिन निर्देशन दिएका हुन् ।

आदेशमा भनिएको छ, ‘ट्रेजरी डिपार्टमेन्टको भुक्तानी प्रणाली र अन्य तथ्याङ्कमा पहुँच ‘सबै राजनीतिक नियुक्ति, विशेष सरकारी कर्मचारी र ट्रेजरी विभाग बाहिरको एजेन्सीबाट सरकारी कर्मचारीहरू’ लाई सीमित गरिएको छ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्प, डिपार्टमेन्ट अफ ट्रेजरी एण्ड ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टविरुद्ध १९ राज्यका महान्यायाधिवक्ताले शुक्रबार मुद्दा दायर गरेका थिए ।

उनीहरूले प्रशासनले मस्कको डीओजीईका कर्मचारीहरूलाई संवेदनशील ट्रेजरी विभागको तथ्याङ्कमा पहुँच विस्तार गरेर कानूनको उल्लङ्घन गरेको आरोप लगाएका छन् । सो मुद्दामा सुाुवाइ गर्दै शनिबार न्यायाधीश पल ए को इजलासले यस्तो आदेश जारी गरेको हो ।

अब अर्को सुनुवाई फेब्रुअरी १४ मा हुनेछ । उक्त सुनुवाइसम्म लागू हुने अस्थायी प्रतिबन्धात्मक आदेशमा राष्ट्रपति ट्रम्पको जनवरी २० को उद्घाटनपछि ट्रेजरी डिपार्टमेन्टको रेकर्डबाट डाटा प्राप्त गर्ने कुनै पनि व्यक्तिले डाउनलोड गरिएका सामग्रीको सबै प्रति तत्काल नष्ट गर्नुपर्ने उल्लेख छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले राष्ट्रपति ट्रम्पले घोषणा गरेको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)’ अन्तर्गत रही ट्रम्पको संघीय लागत कटौती प्रयासको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्