Logo
Logo

अमेरिकी राष्ट्रपतिको कुर्सीमा एलन मस्क !


13.4k
Shares

काठमाडौं । अमेरिकी न्युज म्यागजिन टाइमले आफ्नो पछिल्लो संस्करणको कभर फोटोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाउँमा एलन मस्कको फोटो राखेर प्रकाशित गरेको छ ।

राष्ट्रपतिको औपचारिक कार्यकक्ष भनिने ओभल अफिसको रिजोलुट डेस्कमा एलन मस्क बसेको कभरफोटो टाइम म्यागजिनले कभरमा राखेको हो ।

यसले वासिंगटनमा मस्कले कसरी प्रभाव पारिरहेको छ भन्ने संकेत गरेको आकलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभागलाई विभिन्न विषयमा हेरफेर गर्नसक्ने शक्ति दिएको छ ।

राष्ट्रपतिको कुर्सीमा बसेका मस्कले हातमा कफी समातिरहेको फोटोमा छ ।

यस विषयमा शुक्रबार ट्रम्पलाई सोध्दा उनले ‘टाइम म्यागजिन अझै सञ्चालनमा छ र ? मलाई त थाहा थिएन, भन्दै हास्यास्पद जवाफ दिएका थिए ।

ट्रम्प प्रशासनका मस्क संलग्न निर्णयहरूले पछिल्लोसमय उनको आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्