Logo
Logo

राजश्व हिनामिना आरोपमा घरबाटै पक्राउ परे नगरपालिकाका कर्मचारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
राजश्व हिनामिना गरेको आरोपमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं. १३ स्थायी बसोवास भएका रत्न बहादुर बि.क. पक्राउ परेका छन् ।

कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलील घरबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्