काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन् । उनले युवा तथा खेलकुदमन्त्रीको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा ‘श्री ५ को सरकार’ले प्रचलित कानुनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाए ।
उनले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? प्रश्न गरे।