Logo
Logo

सरकार आफूअनुकूलको कानून बनाउन उद्दत छ: विना लामा


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफूअनुकूल हुने कानून बनाउन उद्दत रहेको आरोप लगाएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो आरोप लगाएका हुन् । उनले जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका कुरा सरकारले सुन्न छोडेको आरोप पनि लगाए ।

उनले पारित भएर आएको कानूनबाटै सरकार निवयमावलीको आधारमा कानून बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताए ।

उनले भने, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन। सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ, पारित भएर आएको कानूनबाट सरकार ऐन र कानूनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानून निर्माण गरेर भ्रष्टाचार गर्न तयार छ भन्ने प्रष्ट भएको छ। जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट शुरु गरौँ ?’

प्रतिक्रिया दिनुहोस्