काठमाडौँ । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा खगेन्द्र सुनुवार पक्राउ परेका छन् ।

दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।