Logo
Logo

बंगलादेशमा डुंगा दुर्घटना २३ को मृत्यु, कैयौँ बेपत्ता


- दृष्टि न्युज/संवाददाता


ढाका, १५ असार (एएफपी) । बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको डुंगा दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।
सानो डुंगा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताएका छन् । उद्धारकार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्