काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा नयाँ शक्ति)को काठमाडौँमा जारी पहिलो महाधिवेशनको बन्दसत्रले संयोजक डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ ।

भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
उनका अनुसार पदाधिकारी, केन्द्रीय समिति सदस्य सङ्ख्या यसअघि विधान अधिवेशनले अनुमोदन गरेको सङ्ख्यालाई नै पारित गरिएको छ । अहिले नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको उनले बताए ।














