Logo
Logo

विपिन नछुट्दै बन्धक रिहाइ रोक्ने हमासको घोषणा


1.7k
Shares

काठमाडौं । हमासले तत्कालका लागि बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । बीबीसीका अनुसार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको हो ।

पूर्वसम्झौता अनुसार आगामी शनिबार तीन इजरायली बन्धक र सयौं प्यालेष्टिनीहरुको रिहाइ हुनेवाला थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपालका विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर हमासले विज्ञप्ति जारी गर्दै बन्धकको रिहाइ रोक्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ ।

हमासले इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ ।

हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’

इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्