Logo
Logo

सिरियामा नयाँ सरकार गठनको तयारी


एजेन्सी

819
Shares

दमास्कस । सिरियाका विदेशमन्त्री असद अल–शैबानीले बुधबार साँझ सिरियामा मार्चमा नयाँ सरकार गठन हुने बताएका छन् । ‘नयाँ सरकारले सिरियाली जनसङ्ख्याका सबै वर्गहरूको प्रतिनिधित्व गर्नेछ,’ अल–शैबानीले भने ।

‘सबै सिरियालीहरूले यो परिवर्तनमा भूमिका खेलेका थिए । हामी कुनै पनि परिवर्तनका साथ आउने चिन्ताहरू बुझ्दछौं र हामी हाम्रा जनतामा विश्वास जगाउन काम गरिरहेका छौं,’ उनले थपे । नयाँ संविधानले सबै नागरिकहरूको लागि मार्गनिर्देशन ढाँचाको रूपमा काम गर्नेछ ।

अल–शैबानीले सिरियाको नयाँ नेतृत्वलाई पश्चिमी प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर । ‘हरेक आर्थिक विज्ञले हामीले सामना गरिरहेको संकट बुझ्दछ’ उनले भने ।

राज्यका पुनर्निर्माणमा समय लाग्ने भए पनि प्रारम्भिक प्रगति भएको उनले बताए । ‘बजारहरू फेरि खुलेका छन् । विश्वविद्यालय पुनः सञ्चालनमा छन् र कर्मचारीहरू काममा फर्केका छन’, उनले भने, ‘एक वर्षमा, सिरियाले संसारलाई पुनः परिभाषित गर्नेछ । पाँच वर्षमा, यहाँ हामीले हासिल गरेको प्रगतिको बारेमा कुरा गर्नेछौं ।’

अल–शैबानीले छिमेकी जोर्डनसँग सिरियाको सम्बन्ध सुदृढ भएको र इराकी पक्षको निमन्त्रणामा कूटनीतिक वार्ताका लागि छिट्टै बग्दाद जाने बताए ।

प्रतिक्रिया दिनुहोस्