Logo
Logo

दुर्घटनामा आमा- छोराको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार ।
सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत १७ किलोमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मकवानपुर हेटौंडा–५ सिंचाइ टोल निवासी धिताल परिवार सवार बा १३ च ५९२९ नम्बरको स्कार्पियोे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा हेटौंडाका धिताल परिवारका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा आमा प्रभा गौतम र छोरा अनुज धितालको मृत्यु भएको हो । आमा प्रभाको घटना स्थलबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार छोरा अनुजको उपचारका क्रममा आज बुधबार बिहान मृत्यु भएको हो ।

धिताल परिवारकै बाबु कृष्ण धिताल, छोरी वर्षा धिताल र चालक राजन घिमिरे घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते कृष्ण धिताल मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्