
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ जना भन्दा बढी पक्राउ परेका छन् । उक्त आक्रमणमा नेपाली सेनाका उपरथीसमेत रहेका शान्ति सेनाका निवर्तमान उपकमान्डर चोकबहादुर ढकालसहित दुई शान्ति सेना घाइते भए ।
आफ्नो मिसन सकेर निवास फर्किँदै गरेका ढकालमाथि आक्रमण भएको थियो । यस घटनाको संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको आन्तरिक मन्त्री अहमद अल–हज्जरले सञ्चारकर्मीलाई जानकाी दिएका छन् ।
यस घटनालाई लिएर लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ । युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएका छन ।