
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । शनिबार राति करिब ९ः२६ बजे भागदौड मच्चिँदा ३ बालबालिका र १४ महिलाको मृत्यु भएको हो ।
प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको घटनामा २५ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमायमहरुले जनाएका छन् । प्रयागराज महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो ।
टाइम्स अफ इण्डियाका अनुसार राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चिँदा दुर्घटना भएको हो ।
रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन् ।