
काठमाडौं । नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा ज्यान गुमाएका १८ जनाका परिवारले जनहरी १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् ।
भारतीय रेलवेले नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा ज्यान गुमाएका १८ जनाका परिवारलाई जनही १० लाख रुपैयाँ भारु दिने घोषणा गरेको हो ।
यस्तै घटनामा गम्भीर घाइते भएकाहरूलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतीय रेलवेले गरेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ ।
शनिबार राति करिब ९ः२६ बजे प्रयागराज महाकुम्भ जाने भक्तजनहरुको भिड बढेपछि भागदौड हुँदा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।