
एजेन्सी । क्यानडाको टोरेन्टोमा विमान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मिनियापोलिसबाट आएको ८० जना सवार विमान टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् भने १२ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन् ।
विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए । सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ ।
प्रहरीले दुर्घटनाको वरपरको अवस्थाबारे केही बताएको छैन । विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन् ।