Logo
Logo

प्रकृति मृत्यु प्रकरणमा केआईआईटीका महानिर्देशकसहित ५ जना पक्राउ


3.1k
Shares

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का महानिर्देशकसहित पाँच जना पक्राउ परेका छन् ।

ओडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र विद्यार्थी दुव्र्यवहारमा जिम्मेवार रहेको भन्दै विश्वविद्यालयका महानिर्देशकसहितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठ रहेका छन् ।

त्यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको थियो । त्यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।

आइतबार नेपाली विद्यार्थी प्रकृति लम्साल विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुव्र्यवाहार गरेको थियो ।

चर्को आलोचना भएपछि भने नेपाली विद्यार्थीलाई धम्क्याउनले विश्वविद्यालय र प्राध्यापकले पनि माफी मागेका छन् । प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्