काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले दुई करोड अमेरिकी डलर दिएको बताएका छन् । ट्रम्पले हालै एक दस्तावेज सार्वजनिक गर्दै उक्त सहयोगलाई ‘ठगी’ भनेका छन् ।

एलन मस्क नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी’ (डज)को ले तयार गरेको दस्तावेजलाई सार्वजनिक गर्दै ट्रम्पले भनेका छन्, ‘दिस इज फ्रड !’
एक भिडियो कन्फ्रेन्समार्फत उनले सार्वजनिक गरेको दस्तावेजमा विभिन्न देशलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेको सहयोगको विवरण उल्लेख छ । नेपाललाई दुई शीर्षकमा गरिएको सहयोगलाई ट्रम्पले ‘ठगी’ भनेका हुन् । जुन भिडियो हालै सार्वजिनक गरिएको हो ।
राष्ट्रपति ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर दिएको उल्खेख गरेका छन् ।










