Logo
Logo

रेखा गुप्ता बने नयाँदिल्लीको मुख्यमन्त्री


2.8k
Shares

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो ।

ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ ।

गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।

गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्