Logo
Logo

ट्रम्पले किन जेलेन्स्कीलाई ‘तानाशाह’ भने ?


819
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि ‘तानाशाह’को आरोप लगाएका छन् । ‘तानाशाह’ प्रमाणित हुनेगरी व्यापक उपद्र मच्चाएको टिप्पणी गर्दै ट्रम्पले जेलन्स्कीमाथि चुनाव गर्न इन्कार गरेको आरोपसमेत लगाएका छन् ।

फेब्रुअरी २०२२ मा रुसी आक्रमणपश्चात युक्रेनमा मार्शल ल अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जेलेन्स्कीले साउदीमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पमाथि रुसले बनाएको गलत सूचना घेराबन्दीमा परेको आरोप लगाएका थिए । जुन वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन ।

ट्रम्पले भने युक्रेन वार्ताअघि नै पनि सम्झौता गर्न सक्थ्यो, भनी प्रतिक्रिया दिएका छन् । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत युद्ध अन्त्यको वार्ताका लागि युक्रेनलाई कसैले पनि बाहिर नराखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्