Logo
Logo

ट्रम्पले घोषणा गरे गोल्ड कार्ड भिसा, मूल्य ५० लाख डलर


1.3k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनाढ्यहरूलाई लक्ष्य गरेर नयाँ भिसा कार्यक्रम घोषणा गरेका छन्। उनले त्यसलाई गोल्ड कार्ड भिसा नाम दिएका छन्।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विदेशी लगानीकर्ताहरूलाई लक्ष्य गरेर नयाँ भिसा कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

US Republican presidential nominee Donald Trump speaks during a campaign rally in Bedford, New Hampshire, on September 29, 2016. / AFP / Jewel SAMAD (Photo credit should read JEWEL SAMAD/AFP/Getty Images)

विदेशी नागरिकहरूले ५० लाख डलरमा उक्त भिसा किन्न पाउने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यो भिसाले ग्रीनको विशेषअधिकार प्रदान गर्ने अमेरिकी नागरिकता प्राप्तिका लागि सहज बनाउने पनि ट्रम्पले बताएका छन्।ट्रम्पले यसलाई इबी-५ भिसाको प्रतिस्थापन पनि भनेका छन्।

‘हामी गोल्ड कार्ड बिक्री गर्न गइरहेका छौं, जसको मूल्य ५० लाख डलर हुनेछ,’ ट्रम्पले ह्वाइट हाउसमा भने, ‘ यसले ग्रीन कार्डको विशेषाधिकार र अमेरिकी नागरिकता प्राप्त हुने सहज बाटो खोल्नेछ। विश्वका धनाढ्य मानिसहरू यो कार्ड खरिद गरेर अमेरिका आउन सक्नेछन्।’

पत्रकारहरूले कुन-कुन देशका मानिसहरू आउन सक्छन् भनेर ट्रम्पलाई सोधेका थिए। ट्रम्पले रूसी धनाढ्यहरूले पनि किन्न सक्ने बताएका थिए।

गोल्ड कार्ड भिसाले के-कस्ता प्रबन्धहरू गरेका छन् भन्नेबारे भने दुई सातापछि जानकारी दिइने ट्रम्पले बताएका छन्।

अमेरिकाले सन् १९९० देखि लगानी भित्र्याउने उद्देश्यले धनाढ्यहरूलाई इबी-५ भिसा दिन थालेको हो।

त्यो भिसा प्राप्त गर्नेहरूले अमरिकाकामा व्यापार व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था थियो। त्यस्तो खालको भिसाको मान्यता ग्रीन कार्डसरहको मान्यता रहन्छ।

इबी-५ भिसा प्राप्त गर्नेले अनिवार्य रूपमा अमेरिकामा कम्तिमा १० जना दक्ष जनशक्तिलाई स्थायी रोजगारी दिनसक्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

ह्वाइट हाउसमा ट्रम्पले ब्रिफिङ गर्दा छेउमै रहेका उनका वाणिज्य मन्त्री हवार्ड लट्निकले गोल्ड भिसाले इबी-५ भिसालाई प्रतिस्थापन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्