बन्दनाको ‘मृत्युन्जय मन्त्र’ सार्वजनिक (अडियोसहित)


Published On : 3 July, 2020

काठमाडौं, १९ असार । एक समयकी चर्चित गायिका देविका बन्दनाको एउटा भजन सार्वजनिक भएको छ । ‘मृत्युन्जय मन्त्र’ बोलको भजन सार्वजनिक गरेपछि गायिक बन्दनाले भनिन्, ‘यो मेरो धेरै समय पहिलेदेखिको सपना हो । अहिले आएर बल्ल रेकर्ड गर्ने पूरा भएको छ ।’
विशेषगरी आधुनिक गीतका लागि चर्चित गायिका बन्दनाले भजनमा उस्तै मिठास सुनिएकी छन् । ‘मृत्युन्जय मन्त्र’लाई अडियोमा दिव्य युट्युब च्यानलबाट रिलिज गरिएको हो । उक्त भजनमा संगीत गायिका बन्दनाकै रहेको छ भने सगीत संयोजन, मिक्सिङ र मास्टरिङ दीपक श्रेष्ठले गरेका छन् ।
गायिका बन्दनाले यसपछि अर्को प्रोजेक्टको थालनी गरेको सुनाइन् । ‘अब चाँडै नयाँ गीत लिएर आउनेछु’ उनले भनिन्, ‘यो मृत्युन्जय मन्त्रलाई पनि दर्शक तथा श्रोताले रुचाइदिनु हुन्छ भन्ने अपेक्षा गरेकी छु ।’

प्रतिक्रिया दिनुहोस्