Logo
Logo

बलिउडकी चर्चित नृत्य निर्देशक खानको निधन


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १९ असार (पिटिआई) । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेका थिए । उनी बलिउडमा झण्डै चार दशक सक्रिय थिइन् ।
तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ भएकी थिइन् । उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।
‘उहाँको गएराती २.३० मा अस्पतालमै निधन भयो’ खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भने । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उहाँको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्