Logo
Logo

काठमाडौंमा अवतरण गर्न नसकेपछि परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट


1.8k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकाता डाइभर्ट भएको छ । दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो ।

काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको मन्त्रीका सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

मन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्कदै थिइन् । त्यस्तै विमानस्थलमा भिजिबिलिटी कम भएपछि नेपाल आएका अन्य दुईवटा जहाज पनि ‘डाइभर्ट’ भएका छन् ।

कतार एयरवेजसँगै नेपाल एयरलाइन्स र सिचुवान एयरलाइन्सको जहाज पनि डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

प्रवक्ता शेर्पाका अनुसार मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्ली र तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्