Logo
Logo

बेलायत पुगे जेलेन्स्की, २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर


2.3k
Shares

काठमाडौं । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्काचर्की बहसपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् ।

शनिबार साँझ बेलायत पुगेका जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेको छन् । इंग्ल्याण्डको १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका छन् ।

बेलायत पुगेपछि जेलेन्स्कीले केयर स्टारमरलाई आफ्नो देशले ‘युक्रेनी साथीहरू’ पाएकोमा खुसी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । जेलेन्स्कीले यस युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई धन्यवाद पनि दिएका छन् ।

जेलेन्स्की र केयर स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउण्ड सहायतामा हस्ताक्षर गरेका छन् । यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए । दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो ।

केयर स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्दैछन् । जहाँ रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरू साथै व्यापक युरोपेली सुरक्षाको बारेमा छलफल गरिने समाचारमा जनाइएको छ । जेलेन्स्कीले बेलायतका राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्