Logo
Logo

कलाकारले तिरिदिए ७ परिवारको घरभाडा


- दृष्टि न्युज/संवाददाता


कास्की, १९ असार । झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । शेरचनले ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएका हुन् ।
‘बन्दाबन्दीले ज्यालामजदूरी गर्नेहरु निकै समस्यामा हुनुहुँदोरहेछ, बसिरहेको घरको भाडा बुझाउन नसक्दा समस्यामा परेको थाहा पाएर रकम उपलब्ध गराएकी हुँ’ हस्तकलाका सर्जक शेरचनले भने, ‘कोही कसैलाई सहयोग गरेर प्रचार गर्नु राम्रो होइन तर एक जनाले शुरुआत गरेपछि अर्को सहयोगी मन पनि थपिने रहेछ ।’
उनले आफूले शुरुआत गरेपछि आफन्त एवं इष्टमित्रबाट पनि विपन्न परिवारका लागि केही रकम प्रदान भएको छ । अहिलेसम्म सात परिवारको मासिक चारदेखि पाँच हजार रुपियाँसम्म दुई महिनाको घरभाडा उनीहरु बसिरहेको स्थानमै गराएर उपलब्ध गराएको उनले बताए ।
बाढीपहिरो, भूकम्प, उपचारबाट वञ्चित, गरीब, दुःखी र असहायको सहयोगमा जुटिरहने शेरचनको संयोजनमा यसअघि बन्दाबन्दीले समस्यामा परेका पोखराका विभिन्न वडाका करीब ८० जनालाई राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्