
काठमाडौं । अमेरिकाबाट निकालिएका ८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर आएको अमेरिकी जहाज जीआरपी–२३ आज विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएको हो ।
अध्यागमन विभागकाअनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिमले ७ पुरुष र एक महिला गरी आठ जना अवैध नेपाली आप्रवासीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको हो ।
नेपाल, भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई पनि अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ । पछिल्लो समय ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाबाट अवैध आप्रवासीहरु डिर्पोट हुनेक्रमले तीव्रता पाएको छ ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका थिए । जसमा आजसम्म अमेरिकाबाट निकालिने ‘डिपोर्ट’ हुने नेपालीकाे संख्या नेपाली पुगेकाे छ।