Logo
Logo

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र राजिष्ट्रार बर्खास्त


1.3k
Shares

काठमाडौं । मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्टार बर्खास्त भएका छन् । विश्वविद्यालय सिनेटको मङ्गलवार अबेर राति बसेको बैठकले डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित ३ सदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनको आधारमा उनीहरुलाई हटाइएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले ०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेका थियो । त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए ।

जनमत पार्टीका सतिसकुमार सिंह मुख्यमन्त्री बनेपछि विश्वविद्यालयमा अनियमितता भएको भन्दै छानबिन समिति बनाइएको थियो । समितिले ७ असोजमा प्रतिवेदन बुझाएको थियो । उक्त समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

यद्यपी, उक्त प्रतिवेदनले विश्वविद्यालयका लागि गरिएको खरिद कार्यमा पनि अनियमितता भएको ठहर गर्दै सोही प्रतिवेदनको आधारमा सिनेटको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्