काठमाडौं । अमेरिकी सरकारले डिपोर्ट गरेका आठ नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान पौने १० बजे जीआरपी–२३ विमानबाट काठमाडौं अवतरण भएका ७ जना पुरुष र एक महिला गरी नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो ।

विदेशबाट कागजात अभावमा फिर्ता ल्याइने अन्य नेपालीसरह उनीहरुमाथि सोधपुछ हुने व्युरोका एसपी रुगमबहादुर कुँवरले बताए । उनीहरु हिरासतमा राखिएका छैनन् । मानव बेचविखनमार्फत उनीहरुलाई अमेरिका पठाइएको आशंकामा उनीहरुमाथि सोधपुछ हुने र त्यसपछि परिवारलाई जिम्मा लगाइएको उनले बताए ।