Logo
Logo

रिंकु सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ


1.1k
Shares

काठमाडौं । सिरहाको १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । सिरहाका एसपी रमेश पण्डितले रिंकुकुमारी सदाय मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको जानकारी दिए ।

नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनीमाथि सामूहिक बलात्कार भएको थियो ।

आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै घरमा झुन्डिएको अवस्थामा ३० माघको बेलुका मृत भेटिएकी थिइन् ।

आफु बलात्कृत भएपछि रिंकुले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । तर, घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा बसी प्रहरीकहाँ नपठाउने निर्णय गरिएको थियो । त्यसपछि रिंकुले आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्