Logo
Logo

कुलमानलाई स्पष्टीकरण सोधेकोप्रति माओवादीको आपत्ति


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेकोप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरणलाई राम्रो काम गर्नेलाई कार्यसम्पादन शून्य अंक दिएको र पटकपटक स्पष्टीकरण सोधेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘सार्वजनिक संस्थाहरू घाटामा गइरहेको बेलामा लोडसेडिङको अन्त्यदेखि अहिलेसम्म निरन्तर उचाइमा लगिरहेको बेलामा निरन्तर स्पष्टीकरण सोधेर सरकारले के सोचेको हो ? त्यो विषयवस्तुको बारेमा ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘यस विषयमा रुलिङ नभएसम्म विपक्षीहरुको विरोध जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्