
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको माोटरसाइकल र्यालीका कारण काठमाडौंका सवारी आवागमन अस्तव्यस्त भएको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी हुँदा रिङरोड भित्रका सडक अस्तब्यस्त भएका हुन् ।
आज बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक) समेत जाम भएका छन् । लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरुलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको छ ।
राप्रपाले निकालोको र्याली कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्र, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर समापन भएको थियो ।