Logo
Logo

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं: अर्थमन्त्री


693
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘अहिले हामी सघन निगरानीमा छौं । जसलाई हामी ग्रे लिस्ट भन्ने गर्छौं । सरकारको कमिटमेन्ट छ, सरकारले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं,’ उनले भने ।

मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको भन्दै त्यसबारे सदनमा आफूले जानकारी दिने पनि उनले जिकिर गरे ।

‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,’ अर्थमन्त्री पौडेलले भने, ‘हो ग्रेलिस्टबाट मुलुकलाई कमब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौं ।’

‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न दुई वर्षको समय पाइएको भए पनि त्यसअघि नै काम सक्ने उनले बताए । ‘हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्