Logo
Logo

५२ संवैधानिक पदाधिकारीविरुद्धको रिटमा चैत ६ गते पुनः सुनुवाइ


441
Shares

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ ।

बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो । बुधबारको सुनुवाइ सकिएको छ ।

यसअघि गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो । सो दिन अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए । त्यसपछि वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस सुरु गरेकोमा बहस गर्दागर्दै समय सकिएपछि अर्को पेसी फागुन २१ गतेका लागि तोकिएको थियो ।

केपी ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, अमृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्