बुटवल । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो ।

धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । जितेन्द्र र रामा भारत बिहारका बासिन्दा हुन् ।
अध्यक्ष गुप्तासहित धोबीलाई सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ । लागूऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ ।
तर, अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत आधा सजाय पाउने भएका छन् । पाल्हीनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।