Logo
Logo

हङकङबाट काठमाडौं आएका युवा कोकिनसहित विमानस्थलमा पक्राउ


441
Shares

काठमाडौं । हङकङबाट काठमाडौं आएका एक युवा कोकिनसहित विमानस्थलमा समातिएका छन् ।

पक्राउ पर्नेमा सुनसरी घर भएका २५ वर्षीय मनिश राई छन् । नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनी ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्